बागमती प्रदेश प्रमुख प्रसाई कोरोना संक्रमण मुक्त

तु खबर संवाददाता
२०७७ कार्तिक १७, सोमबार ०९:३६
file-photo

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । प्रदेश प्रमुख प्रसाई एक हप्ता मै कोरोना संक्रमण मुक्त भएका हुन् ।

उनमा कार्तिक ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछी प्रदेश प्रमुख प्रसाई होम आइसोलेशनमा बस्दै आएका थिए ।

उनीसँगै उनका छोरा बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

दशै मनाउन गृह जिल्ला झापा पुगेका उनीहरुलाई कोरोनाको लक्षण देखिएपछी गृह जिल्ला झापामा जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तर, प्रमुख प्रसाईका छोरा राजेश प्रसाईको भने स्वाब परीक्षण गर्न बाँकी रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*