७० वर्षपछि अमेरिकामा महिलालाई पहिलोपटक मृत्युदण्ड दिइदैं

एजेन्सी
२०७७ कार्तिक २, आईतवार ०९:४३
file photo

मिजौरी । अमेरिकाले करिब ७० वर्षमा पहिलोपटक एक जना संघीय महिला बन्दीलाई मृत्युदण्ड दिने निर्णय गरेको त्यहाँको न्याय विभागले जनाएको छ।

लिसा मोन्टगोमेरी नाम गरेकी ती महिला बन्दीले सन् २००४ मा मिजौरीमा एक गर्भवती महिलाको घाँटी थिचेर हत्या गरेकी थिइन्। हत्यापछि उनले ती महिलाको पेट काटेर बच्चाको अपहरण गरेकी थिइन्।

उनलाई अब डिसेम्बर ८ मा इन्डियानामा घातक सुई दिएर मृत्यु दण्ड दिइनेछ।

अमेरिकी सरकारले पछिल्लोपटक सन् १९५३ मा मिजौरीमा बोनी हेडी नाम गरेकी महिलालाई मृत्युदण्ड दिएको थियो।

त्यसैगरी सन् १९९९ मा दुई युवा मन्त्रीको हत्या अभियोगमा ब्रान्डन बर्नार्डलाई पनि डिसेम्बरमा नै मृत्युदण्ड दिने तय गरेको छ।

अमेरिकी अटर्नी जनरल विलियम बारले यी अपराधहरू ुएकदमै जघन्य हत्याु भएको बताए।

गत वर्ष ट्रम्प प्रशासनले संघीय मृत्युदण्ड पुनः सुरू गर्ने बताएको थियो।

यस्तो छ लिसा मोन्टगोमेरीको जघन्य अपराध ?
न्याय विभागको विज्ञप्ति अनुसार सन् २००४ को डिसेम्बरमा मोन्टगोमेरी कान्सासस्थित घरबाट कुकुरको छाउरा किन्ने उदेश्यले मिसुरीको बोबी जो स्टिनेटको घर गएकी थिइन।

‘घरभित्र पुगेपछि मोन्टगोमेरीले ८ महिनाको गर्भवती स्टिनेटलाई बेहोस हुनेगरी आक्रमण गरेकी थिइन् जारी विज्ञप्तिमा भनिएको छ, ‘भान्सामा प्रयोग हुने चक्कुले मोन्टगोमेरीले स्टिनेटको पेट काटिन्, जसपछि उनी होसमा आइन्। जसका कारण उनीहरूबीच संघर्ष भयो र मोन्टगोमेरीले स्टिनेटको घाँटी थिचेर हत्या गरिन्। त्यसपछि मोन्टगोमेरीले स्टिनेटको पेट काटेर बच्चा निकालिन् र आफूसँगै लगिन्।’

यस्तो विभत्स कृत्य गरेपछि मोन्टगोमेरीले सो बच्चालाई आफूले नै पाएको जस्तो देखाउने असफल प्रयास गरेकी थिइन्।

सन् २००७ मा अदालतले उनलाई अपहरण र हत्या मामिलामा दोषी पाएको थियो र उनी विरूद्ध सर्वसम्मतरूपमा मृत्युदण्डको फैसला सुनाएको थियो।

तर मोन्टगोमेरीका वकिलहरूले भने बच्चा बेलामा खाएको कुटाइले उनको मस्तिष्कमा असर पुगेको र उनी मानसिकरूपमा अस्वस्थ्य भएकाले मृत्युदण्ड दिन नहुने बताएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*