सय दिनमा संघीय मामिला मन्त्रालयको ४८ काम

तु खबर संवाददाता
२०८३ असार २१, आईतवार १५:५६

काठमाडौं । प्रतिभा रावल नेतृत्वको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०० दिनको अवधिमा ४८ वटा कामको प्रगति विवरण सार्वजनिक गरेको छ।

सहकारीका १ हजार ७५४ साना बचतकर्ताको २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको, १५४ ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार असुल गरिएको र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २९ वटा लालपूर्जा वितरण गरिएको विवरणमा उल्लेख छ।

त्यसैगरी कर्मचारी ट्रेड युनियन खारेज, कर्मचारीको सरुवा प्रणाली अनलाइन, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी १६२० जनाको डिजिटल लगत संकलन तथा प्रमाणीकरण गरिएको जस्ता विवरण उल्लेख गरिएको छ।