सभापति लामिछानेको लिखित निर्देशनपछि श्रम मन्त्री पदमुक्त

तु खबर संवाददाता
२०८२ चैत्र २६, बिहीबार १७:३१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेको लिखित निर्देशनपछि श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई पदमुक्त गरिएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई बर्खास्त गरेका हुन् । आफ्नी श्रीमतिलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा सक्रिय गराएपछि उनको आलोचना हुँदै आएको थियो । व्यापक आलोचना भएपछि पार्टी सभापति लामिछानेले राइट टु रिकलको अधिकार प्रयोग गरी मन्त्रीलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेका हुन् । सो निर्णय लगत्तै प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् ।

मन्त्रीको गतिविधिले सरकार र पार्टीको छवि, आदर्श तथा सिद्धान्तमा नकारात्मक असर पार्ने निष्कर्षसहित कारबाहीको सिफारिस गरिएको थियो । साथै, स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराउने निर्णय समेत गरिएको छ ।