सरकारी कार्यालय शनिबार र आइतबार बिदा, अरु दिन ९ – ५

तु खबर संवाददाता
२०८२ चैत्र २२, आईतवार २०:३०

नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णष् गरेको छ भने सोमबारदेखि शुक्रबारसम्म ९ बजेदेखि ५ बजेसम्म कार्यालय र शिक्षण सस्था खुला राख्ने सरकारको निर्णय छ ।

शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आगामी चैत २३ गतेदेखि लागू हुने गरी यस्तो निर्णय भएको हो । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको जनाएको छ ।

शैक्षिक संस्थाहरुको हकमा भने ९ ५ को समय लागु हुने छैन । अर्थ मन्त्रालयअन्तर्गत डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एसियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।

त्यसैगरी, आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय समाचार समिति ९रासस० का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा पनि स्वीकृत समेत गरेको छ ।