निर्वाचन शान्तिपूर्ण भएपछि प्रधानमन्त्रीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ।
मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन् ।
मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भन्दै कामना गरेकी छन्।
