फागुन २१ देशले जित्ने चुनाव हो : रवि लामिछाने

तु खबर संवाददाता
२०८२ माघ २६, सोमबार १३:५८
file-photo

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन दल र नेताले होइन, देशले जित्ने चुनाव भएको बताएका छन्।

रूपन्देही-१ अन्तर्गत देवदह खैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचन इतिहास बदल्ने अवसर भएको उल्लेख गरे। जनताको आँखामा निराशा नभई आशा देखिएको भन्दै उनले आगामी निर्वाचनपछि बहुमत वा दुई तिहाइको स्थिर सरकार बन्ने दाबी गरे।

लामिछानेले युवाशक्तिको नेतृत्व बिना मुलुक परिवर्तन सम्भव नहुने बताउँदै रास्वपाभित्र पद होइन, जिम्मेवारीको बाँडफाँट भएको स्पष्ट पारे। साथै उनले आगामी पाँच वर्ष एउटै प्रधानमन्त्री र स्थायी सरकार बनाउने प्रतिबद्धता जनाए।