रास्वपाकी धादिङ-१ उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता लिइन्

तु खबर संवाददाता
२०८२ माघ ९, शुक्रबार १४:११
file-photo

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धादिङ निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको थियो। सोही अवधिमा तामाङले निर्वाचन अधिकृत एकराज अधिकारीलाई फोन तथा इमेलमार्फत उम्मेदवारी फिर्ता गरेको जानकारी गराएकी हुन्।

तामाङको नाममा जर्मनीको स्थायी आवासीय अनुमति पत्र (पीआर) सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन्। उक्त विषय सार्वजनिक भएसँगै उनले उम्मेदवारी फिर्ता लिने निर्णय गर्दै निर्वाचन अधिकृतको कार्यालयलाई औपचारिक रूपमा जानकारी गराएको जनाइएको छ।

उम्मेदवारी फिर्तासँगै धादिङ-१ मा रास्वपाको चुनावी समीकरणमा परिवर्तन आएको छ। पार्टीले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन।