युएनआरडब्लुएको शेख जर्राह परिसर भत्काइएकोमा राष्ट्रसंघको आपत्ति

तु खबर संवाददाता
२०८२ माघ ६, मंगलवार २३:२०
फरहान हक, महासचिवका उप-प्रवक्ता । तस्बिरः मानुएल एलियास । संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले इजरायली अधिकारीहरूद्वारा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत तथा कार्य निकाय (युएनआरडब्लुए ) को शेख जर्राह परिसर भत्काइएको कार्यको कडा शब्दमा भर्त्सना गरेका छन्।

शेख जर्राह परिसर संयुक्त राष्ट्रसंघको परिसर भएको र यो कुनै पनि हस्तक्षपबाट सुरक्षित र उन्मुक्त रहेको महासचिव गुटेरेसका उपप्रवक्ता फहरान हकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । ।

महासचिवले युएनआरडब्लुए विरुद्ध जारी रहेका यी कार्यहरूलाई पूर्णतया अस्वीकार्य रहेको बताएका छन् । साथै यी कार्यहरू संयुक्त राष्ट्र संघको बडापत्र र संयुक्त राष्ट्र संघको विशेषाधिकार विपरित छन्, विज्ञप्तीमा भनिएको छ ।

महासचिवले इजरायल सरकारलाई शेख जर्राह परिसर भत्काउने कार्य तत्काल रोक्न आग्रह गरिएको छ । र उक्त परिसरका साथै युएनआरडब्लुएका अन्य कार्यालयहरू ढिलो नगरी संयुक्त राष्ट्र संघलाई फिर्ता र पुनस्र्थापित गर्न आग्रह गरेको उपप्रवक्ताले विज्ञप्तीमा उल्लेख गरेका छन् ।