सुनको मूल्यमा उकालो, प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि

तु खबर संवाददाता
२०८२ पुष १८, शुक्रबार १०:५९

काठमाडौँ । निरन्तर घट्दो क्रममा रहेको सुनको मूल्य आज भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले वृद्धि भएको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्ला दिनहरूमा लगातार घट्दै आएको सुनको मूल्य आज बढेपछि बजारमा चासो बढेको छ।

यता, चाँदीको मूल्य पनि आज उकालो लागेको छ। चाँदी प्रतितोला ११० रुपैयाँले बढेर चार हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।