रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ । २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।
उच्च अदालत तुलसीपुरले धरौटी लिई थुनामुक्त गर्न आदेश दिएको हो । न्यायाधीशहरु बाबुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले रिहा गर्न आदेश दिएको हो । लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका थिए ।
बुटवलमा रहेको सुप्रिम सहकारी सस्थासंग सम्बन्धित मुद्धामा पुर्पक्षका लागि उनी थुनामा थिए । रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाले उनलाई गत साउन २६ गते थुनामा राखी मुद्धाको अनुसन्धान गर्ने गरी आदेश दिएका थिए ।
उच्च अदालत तुलसीपुरले लामिछानेसँग २ करोडभन्दा बढी रकम वा बैंक जमानत लिई धरौटीमा छाड्न आदेश दिएको हो ।
