वायु प्रदूषणको चपेटामा दिल्ली सास फेर्नै गाह्रो

तु खबर संवाददाता
२०८२ मंसिर २८, आईतवार १३:३४

काठमाडौँ ।दिल्लीमा शनिबारदेखि वायु गुणस्तर अत्यन्तै खराब बन्दै गएपछि वायु गुणस्तर व्यवस्थापन आयोग ले ग्रेडेड रेस्पोन्स एक्शन प्लान को चरण-४ लागू गरेको छ। आइतबार बिहानसम्म पनि राजधानीका अधिकांश क्षेत्रमा वायु गुणस्तर सूचकांक ४०० भन्दा माथि रहँदा हावा गम्भीर अवस्थामा  पुगेको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड ले जनाएको छ।सीपीसीबी का अनुसार डिसेम्बर १४ मा बिहान ११ बजेसम्म दिल्लीको औसत एक्यु आइ ४५८ मापन गरिएको थियो। दिल्लीको वायु गुणस्तर  प्रणालीले आइतबार पनि वायु गुणस्तर गम्भीर अवस्थामा रहने र सोमबारदेखि मंगलबारसम्म धेरै खराब अवस्थामा रहने अनुमान गरेको छ।

आइतबार बिहान ११ बजेसम्म रोहिणी क्षेत्रमा सबैभन्दा उच्च एक्यु आइ ४९९ रेकर्ड भएको थियो भने सबैभन्दा कम शादिपुरमा एक्यु आइ ३८८ मापन गरिएको थियो। ३९ वटा निगरानी स्टेशनमध्ये शादिपुर बाहेक सबै स्थानको एक्यु आइ ४०० भन्दा माथि रहेको थियो।वातावरणविद् भाव्रीन कान्धारीले दीर्घकालीन समाधान नभई प्रतिक्रियाशील उपाय मात्र भएको टिप्पणी गरेकी छन्। उनले वर्षभरि नै दिल्ली प्रदूषणको चपेटामा रहेको र यसले विशेषगरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताइन्।पछिल्ला दुई वर्षमा हामीले एउटा पनि राम्रो हावा कुनै दिन पनी देखेका छैनौँ उनले भनिन्।

सीएनएन समाचारका अनुसार राजनीतिक रूपमा पनि प्रदूषणको विषय तातिएको छ। कांग्रेस नेतृ अल्का लाम्बाले प्रदूषण नियन्त्रणमा असफल भएको भन्दै दिल्लीको भाजपा सरकारको आलोचना गरिन्। उता मौसमविद् महेश पलावतका अनुसार हाल हावाको गति कम भएकाले प्रदूषण बढेको हो, तर सोमबारदेखि हावा चल्न थालेपछि केही राहत मिल्ने सम्भावना छ। प्रदूषणका कारण सास फेर्न गाह्रो भएको गुनासो गर्दै बासिन्दाहरूले सरकारले अझ कडा कदम चाल्नुपर्ने माग गरेका छन्।पछिल्लो पूर्वानुमान अनुसार आइतबार दिल्लीको हावा गम्भीर नै रहने भए पनि सोमबारदेखि केही सुधार भएर ‘खराब’ श्रेणीमा झर्न सक्ने अपेक्षा गरिएको छ।