दार्चुलामा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का

तु खबर संवाददाता
२०८२ मंसिर २१, आईतवार ०९:२९

काठमाडौं । दार्चुलामा आज बिहानै भूकम्पको धक्का महसूस भएको छ। बिहान ८ बजेर २८ मिनेट जाँदा दार्चुलाको घुसा केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.६ म्याग्निच्यूड मापन भएको छ। यस भूकम्पको धक्का दार्चुलाका आसपासका जिल्लामा पनि महसूस गरिएको छ।