अफगानिस्तानमा ६.३ म्याग्निट्यूडको भूकम्प, कम्तीमा ८ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको मजार–ए–शरीफ सहरमा मध्यरातमा गएको ६.३ म्याग्निट्यूडको भूकम्पले कम्तीमा ८ जनाको ज्यान गएको छ भने सैयौं व्यक्ति घाइते भएका छन्।
अमेरिकी भूगर्भ सम्बन्धी निकाय (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रविन्दु जमीनको सतहबाट करिब २८ किलोमिटर गहिराइमा रहेको थियो। मजार–ए–शरीफ सहरमा पाँच लाखभन्दा बढी मानिस बसोबास गर्छन्।
भूकम्पपछि अफगानिस्तानका सरकारी अधिकारीहरूले उद्धार कार्य सुरु गरेका छन् र क्षतिको विवरण संकलन भइरहेको बताएका छन्। प्रारम्भिक रिपोर्टअनुसार धेरै घरहरू भत्किएका छन् र सर्वसाधारण आत्तिएका छन्।



