सेनाद्वारा जेन–जी आन्दोलनको समीक्षा: तीन उच्च अधिकारी पक्राउ

तु खबर संवाददाता
२०८२ कार्तिक ३, सोमबार १६:४३

काठमाडौं । नेपाली सेनाको हेडक्वाटरले आफ्ना तीन सैनिक कमाण्डरहरुलाई पक्राउ गरी कोर्ट मार्शल सुरु गरेको छ । भदौं २४ गते जेनजी आन्दोलनको समयमा नेपाली सेनाको भूमिकाबारे प्रश्न उठिरहेको बेला जिम्मेवारीमा रहेका तीन जना कर्णेललाई पक्राउ गरी एक्सनमा उत्रिएको हो ।

स्रोतका अनुसार नेपाली सेनाले कोर्ट मार्शल लगाएर पक्राउ गरिएकाहरुमा सिंहदरवारको सुरक्षामा रहेका लेफ्टिनेन्ट कर्णेल गणेश खड्कालाई आज पक्राउ गरिएको हो । उनी सिंहदरवारभित्र रहेको नरसिंह दलका गणपति हुन् ।

भवानी बक्स गण सिन्धुलीका गणपति तेजेन्द्र मगरलाई पनि सैनिक हिरासतमा राखिएको जनआस्था साप्ताहिकको अनलाईन संस्करणले पनि समाचार पनि उल्लेख छ । सुदुर पश्चिमस्थित धनगढीस्थित तेघरी ब्यारेकका शिव भडेललाई नेपाली सेनाकै प्रहरीले भदौं ३१ गते नियन्त्रणमा लिइएको छ ।

सैनिक उच्च अधिकारीहरुलाई जेन जी आन्दोलनको क्रममा गत भदौं २४ गतेको आम बिनाश रोक्न भूमिका खेल्न नसकेको आरोप लगाइएको जनाइएको छ । यद्यपि सैनिक कोर्टमार्शल गोप्य हुने हुँदा औपचारिक रुपमा बाहिर आउने गर्दैन ।