एमालेले मंसिर २७ देखि २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरेका छन्। बुधबारदेखि ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विशेष प्रस्तावमार्फत मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने सुझाव पेस गरेका हुन्।
यसअघि बसेको एमाले सचिवालय बैठकले मंसिर महिनाको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा केन्द्रीय कमिटी बैठकमा औपचारिक प्रस्ताव पेश गरिएको हो।
बैठकले अध्यक्ष ओलीको प्रस्ताव अनुमोदन गरेपछि महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा घोषणा हुने एमाले स्रोतले जनाएको छ।