संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
काठमाडौँ । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मंगलबार बिहान सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध तीनवटा रिट पेस भएका हुन्।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दायर भएका रिटमध्ये एउटा सरकार असंवैधानिक रहेको भन्दै पेस गरिएको हो भने बाँकी दुईवटा रिट प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका हुन्।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेका थिए।
सर्वोच्च अदालतले सबै रिट अध्ययनका क्रममा रहेको जनाएको छ।



