हेटौंडा काठमाडौं जोड्ने सबै सडकमा सवारी चलाउन रोक

तु खबर संवाददाता
२०८२ आश्विन १८, शनिबार १७:४०

हेटौंडा । जिल्ला सुरक्षा समितिको निर्णयपछि हेटौंडा र काठमाडौं जोड्ने सबै मुख्य तथा अन्य सडकबाट सवारी आवागमनमा रोक लगाइएको छ । वर्षाका कारण उच्च सतर्कता अपनाउँदै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सबै बैकल्पिक तथा मुख्य सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

अर्को निर्णय नभएसम्मका लागि हाललाई तीन दिन सवारीसाधन संचालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

अत्याधिक वर्षाका कारण बाढी पहिरोको जोखिम बढेपछि सो जोखिम न्युनिकरणका लागि हेटौंडाबाट केन्द्रीय राजधानी काठमाडौं जोड्ने सडकमा सवारी साधन संचालनमा २० गतेसम्म रोक लगाउने निर्णय भएको हो ।

हेटौंडा–नौबिसे खण्डको त्रिभुवन राजपथ, कान्तिलोकपथ, कुलेखानी–फाखेल–फर्पिङ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकबाट सवारी साधान संचालनमा रोक लगाइएको हो ।