कारागारबाट फरार दुई अमेरिकी नागरिक काठमाडौंमा पक्राउ
काठमाडौँ । कास्की र केन्द्रीय कारागारबाट फरार भएका दुई अमेरिकी नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा कारागारबाट भागेका उनीहरूलाई सोमबार काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका मध्ये मिचेल नोर्मान टेलर कास्की कारागारबाट फरार भएका थिए भने जबर्जस्ती करणीका अभियुक्त जोन्सन लोयड मुडी जिल्ला अदालत काठमाडौँको आदेशअनुसार जगन्नाथ देवल कारागारमा कैद भुक्तान गरिरहेका थिए।
सीआईबीका अनुसार फरार दुवै अभियुक्तलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइनेछ।
