त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

तु खबर संवाददाता
२०८२ भाद्र २५, बुधबार १५:१४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ। नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्म विमानस्थल सञ्चालनमा नहुने जनाएको छ।

सूचनामा उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यू आदेश र उपत्यकाभित्रको विषम परिस्थितिले विमानस्थल वरिपरि उडान मार्गमा धुँवा देखिनु जस्ता कारणले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकोले यस्तो निर्णय गरिएको हो।

नागरिक उड्डयन कार्यालयले यात्रुहरूलाई आगामी सूचना नभएसम्म आफ्नो यात्रा स्थगित गर्न र एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरेको छ।