बालेनको आग्रह – तोडफोड रोकौँ, सेनासँग वार्ता गरौँ
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उग्र आन्दोलनमा रहेका जेनजी पुस्ताका युवालाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् ।
बालेनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै अब जेन–जी पुस्ताले देशको नेतृत्व गर्ने समय आएको उल्लेख गर्दै तोडफोड र हिंसा रोक्न, सार्वजनिक सम्पत्ति जोगाउन र वार्ताको बाटो रोज्न आह्वान गरेका छन् ।
उनले भने, “सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस्— वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ।”
उनले आन्दोलनकारीलाई सेना प्रमुखसँगको वार्ताको पूर्वशर्तका रूपमा संसद् विघटनलाई अनिवार्य भनेका छन् ।
जेनजी आन्दोलन तीव्र बन्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा दिइसकेका छन् ।
हामीले स्पष्ट रूपमा भनेका थियौँ ।



