सामाजिक सञ्जाल नियमनमा कडाइ, २६ वटा प्लेटफर्म तत्काल बन्द

तु खबर संवाददाता
२०८२ भाद्र १९, बिहीबार १४:४८

काठमाडौँ । नेपाल सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबसहितका २६ वटा सामाजिक सञ्जाल तत्काल प्रभावबाट बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्ने उद्देश्यले उक्त कदम चालेको हो।

मन्त्रालयले निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै ती सञ्जालहरू आजैदेखि अवरुद्ध गर्न निर्देशन दिएको छ।

हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयसँग सम्पर्कमा आएका छैनन्।

यसअघि सर्वोच्च अदाल‌तले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।