राजनीतिक दल गठनको तयारीमा दुर्गा प्रसाईं

तु खबर संवाददाता
२०८२ भाद्र २, सोमबार १५:४४
file-photo

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले अब नेपाल र नेपालीलाई प्राथमिकता दिने भन्दै राजनीतिक रूपमा सक्रिय हुने अठोट गरेका हुन् ।

केही समयअघि मात्र डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले आफूले अभियान चलाउँदा अवरोधहरू भोग्नुपरेको भन्दै अन्ततः दल खोल्ने निष्कर्षमा पुगेको बताए ।

म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरो परिवारभन्दा पनि नेपाल र नेपाली पहिलो प्राथमिकतामा छन् उनले भने । राजनीतिले बिगारेको देश सुधार्न अब हामी बाध्यतावश राजनीतिको बाटो लिनुपर्छ ।

उनले छिट्टै नयाँ दलको नाम घोषणा गर्ने जानकारी पनि दिए । ‘हाम्रो अभियानका साथीहरूसहित राजनीतिक दल खोली राजनीतिक शक्ति निर्माण गर्ने निर्णय गरेका छौं। प्रसाईंले भने ,

७८ दिन हिरासतमा बसेको प्रसंग स्मरण गर्दै उनले भने म नभागेको भए इन्काउन्टरमा मारिन्थे । यहाँ दलालहरूलाई सजिलो रहेछ, तर म भाग्दिनँ भनेको हुँ । मेरो दिन आउँछ, त्यसबेला कसैलाई पनि भाग्न दीने छैन । एक दिन सर्वहारा भुईँमान्छेको दिन आउनेछ ।’