युक्रेनमा शान्ति सम्भव छ, तर सजिलो छैन: ट्रम्प
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटलाई “धेरै सकारात्मक” भएको बताएका छन्। संयुक्त पत्रकार सम्मेलनमा प्रश्नहरूको जवाफ नदिएकोबारे सोध्दा पेस्कोभले अनाबस्यक कथनहरू बनाइएकाले त्यसलाइ पर्याप्त ठानिएको स्पष्ट पारे।
सीएनएन समाचारका अनुसार राष्ट्रपति ट्रम्पले रुस-युक्रेन द्वन्द्व चाँडै समाधान हुनेमा विश्वास व्यक्त गर्दै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र पुटिनबीच सम्भावित भेटमा आफू उपस्थित हुने इच्छा प्रकट गरे। उनले भनेका छन की उनीहरू दुबै मलाई त्यहाँ चाहन्छन्, र म त्यहाँ हुनेछु।
ट्रम्पले द्वन्द्व समाधानलाई सुरुवाती धारणा अनुसार सबैभन्दा सजिलो नभएको स्वीकार गर्दै भने मैले सोचे कि यो ती सबै मध्ये सजिलो हुनेछ र यो सबैभन्दा गाह्रो थियो।
यसैबीच, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले यदि ट्रम्पले रुस-युक्रेन युद्धलाई युक्रेनको भू–भाग नदिई अन्त्य गर्न सके भने उनलाई नोबेल शान्ति पुरस्कारको लागि व्यक्तिगत रूपमा मनोनयन गर्ने घोषणा गरेकी थिइन्। ट्रम्पले यसलाई “धेरै राम्रो टिप्पणी” भन्दै धन्यवाद ज्ञापन गरे।
