न्याय परिषद् द्वारा जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा
काठमाडौं । आज शुक्रबार बसेको न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको एक साथ सरुवा गरेको छ ।
न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको न्याय परिषद् द्वारा जारी सूचनामा उल्लेख छ ।
परिषद्ले विशेष अदालतका अध्यक्षसहितका सदस्यहरुलाई पनि सरुवा गरेको छ । एक जना सदस्य विदुर कोइरालाको मात्रै सरुवा भएको छैन ।
