बागमतीमा नव नियुक्त मन्त्रीहरुको सपथ सम्पन्न, मन्त्रिपरिषद् पूर्ण

तु खबर संवाददाता
२०८२ श्रावण ३०, शुक्रबार १७:२१

हेटौंडा । नव नियुक्त मन्त्रीहरुलाई बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ गराएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, उर्मिला केसी नेपाल र बिनु रायमाझी पौडेललाई शपथ गराएका हुन्।

मुख्यमन्त्री इन्द्र्रबहादुर बानियाँले आज नयाँ मन्त्रीहरु नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि साउन २० मा उनले आठ मन्त्री नियुक्त गरेका थिए ।

यसअघि मुख्यमन्त्री बानियाँले साउन २० मा नेपाली कांग्रेसबाट खानेपानी, ऊर्जासहित सिँचाइ मन्त्रालयमा सिन्धुपाल्चोकका कृष्ण तामाङ धादिङका शिवराज अधिकारीलाई मन्त्री बनाएका थिए। अधिकारीलाई मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

नेकपा एमालेको भागमा परेको मन्त्रीहरुको नियुक्ति र सपथ यस अघि नै भइसकेको छ ।