मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै सपथ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आजै केहीबेर पछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरुको सपथ गराउने छन् ।
मुख्यमन्त्री बानियाँले नेपाली काँग्रेसको भागमा परेका मन्त्रालयहरुमा मन्त्री नियुक्त गरेका हुन् भने मन्त्रीहरुको कार्य विभाजन पनि गरेका छन् ।
बानियाँले काँग्रेसबाट उर्मिला नेपाललाई युवा तथा खेलकुद मन्त्रालय, कन्चन चन्द्र वादे लाई सामाजिक बिकास मन्त्रालय, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय, विनु रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
अन्य मन्त्रालयहरुमा मुख्यमन्त्री बानियाँले पहिले नै मन्त्री नियुक्त गरिसकेका छन् । नेपाली काँग्रेसकै भागमा परेको आन्तरिक मामिला तथा कानून मन्त्रालय यस अघि बिना बिभागीय मन्त्री रहेका शिवराज अधिकारीलाई तोकेका छन् ।
मन्त्रिपरिषद्, बिस्तार एवम् कार्य बिभाजन:
१. इन्द्रबहादुर बानियाँ– मुख्यमन्त्री (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)
२. मधुसूधन पौडेल– मन्त्री (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)
३. शिवराज अधिकारी– मन्त्री (आन्तरिक मामिला तथा कानुन मन्त्रालय)
४. किरण थापामगर– मन्त्री (स्वास्थ्य मन्त्रालय)
५. उर्मिला नेपाल– मन्त्री (युवा तथा खेलकुद मन्त्रालय)
६. कन्चन चन्द्र वादे– मन्त्री (सामाजिक विकास मन्त्रालय)
७. डा दिनेशचन्द्र देवकोटा– मन्त्री (भौतिक पूर्वाधार विकास मन्त्रालय)
८. प्रभात तामाङ– मन्त्री (आर्थिक मामिला तथा योजना मन्त्रालय)
९. भरतबहादुर केसी– मन्त्री (वन तथा वातावरण मन्त्रालय)
१०. सुरेश श्रेष्ठ– मन्त्री (संस्कृति तथा पर्यटन मन्त्रालय)
११. जयराम थापा– मन्त्री (श्रम, रोजगार तथा यातायात मन्त्रालय)
१२. कृष्णकुमार तामाङ– मन्त्री (खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय)
१३. विन्दु श्रेष्ठ– मन्त्री (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय)
१४. विनु रायमाझी पौडेल– मन्त्री (सहकारी तथा गरिबी निवारण मन्त्रालय)