मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिँदैनौँ : जम्कट्टेल

हेटौंडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेलले नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने क्रममा आज मंगलबार प्रदेशसभामा मन्तव्य राख्दै उनले बानियाँलाई विश्वासको मत नदिने समेत बताए ।
उनले तत्कालिन मुख्यमन्त्री बहादुर सिंह लामाले नियुक्त गरेका मन्त्रीहरुलाई प्रदेश प्रमुखले सपथ नगराएकोमा आक्रोश पोखे । आफ्नो नेतृत्वमा बागमती प्रदेश सरकार चलाउँदा एक नम्बर ल्याउने गरी काम गरेको उनले बताए ।
जुनसुकै सरकारले गरे पनि राम्रो कामको समर्थन गर्ने समेत जम्कट्टेलले बताए । आफूहरुले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको बताउँदै उनले सरकारले गरेको राम्रो काममा समर्थन हुने बताए ।