नाइमा एक्स्पो अफरः एभरेष्ट बैंकले गाडी किन्न ६.५२ प्रतिशतमै कर्जा दिने

तु खबर संवाददाता
२०८२ श्रावण २५, आईतवार १७:३१

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा एभरेष्ट बैंकले गाडी कर्जा सुविधा विशेष छुट र आकर्षक बैंकिङ्ग अफरका साथ उपलब्ध गराएको छ। साउन २१ गतेबाट सुरु भएको एक्स्पो भोलि साउन २६ गतेसम्म सञ्चालन हुनेछ।

बैंकले ग्राहकलाई ६।५२ प्रतिशत ब्याजदरमा गाडी कर्जा सुविधा दिँदैछ। कर्जा योजनाअन्तर्गत ग्राहकले ५।२७ प्रतिशत बेसरेटमा १।२५ प्रतिशत प्रिमियम थपेर उक्त ब्याजदर पाउनेछन्। साथै, कर्जा लिन प्रोसेसिङ शुल्क मात्र ०।५० प्रतिशत लाग्नेछ।

एभरेष्ट बैंकले व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि कार, भ्यान, जिप र स्पोर्ट्स युटिलिटी भेइकल खरिद गर्न कर्जा उपलब्ध गराउनेछ। ग्राहकले मासिक आम्दानीको ३० गुणा सम्म कर्जा लिन सक्नेछन् भने कर्जा तिर्न अधिकतम ७ वर्षसम्मको समय पाउनेछन्।

प्राकृतिक व्यक्तिहरूका लागि गाडीको खरिद मूल्यको कम्तीमा ४० प्रतिशतसम्म कर्जा उपलब्ध हुनेछ भने विद्युतीय सवारीका लागि पनि ४० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ।