उच्च अदालतको न्यायाधीशमा २७ जना सिफारिस
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा २७ जनालाई सिफारिस गरेको छ ।
बिहीबार परिषद्ले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत जुम्ला इजलासमा सिफारिस गरेको छ ।
त्यस्तै बैठकले गोपाल प्रसाद बास्तोलालाई उच्च अदालत पाटन, गिरिराज गौतमलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलास सहितलाई न्यायाधीश सिफारिस गरेको हो । न्याय परिषद्ले २२ जना न्यायधीशको नियुक्ति र पदस्थापन सिफारिस गरेको परिषद्को सचिवालयले जानकारी दिएको छ ।
हेर्नुहोस् सिफारिस न्यायाधीशहरुको नामावली :



