बागमतीका ८ मन्त्रीहरूले लिए सपथ

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूपदलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सपथ गराएका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा ती मन्त्रीहरुलाई सपथ गराइएको हो ।
कांग्रेसबाट पहिलो चरणमा २ जनालाई मन्त्री नियुक्त गरिएको छ भने एमालेबाट ६ जनाले सपथ ग्रहण गरेका छन् । एमालेको भागमा परेका सबै मन्त्रालयमा मन्त्री नियुक्त भएका छन् भने काँग्रेसको २ बाहेक अन्य मन्त्रालय बाँकी रहेको छ । मुख्यमन्त्री बानियाले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका थिए ।
काँग्रेसबाट शिवराज अधिकारीलाई बिना विभागीय मन्त्रीको रुपमा सपथ खुवाइएको छ भने कृष्णकुमार तामाङ लाई खानेपानी, उर्जा तथा सिंचाईं मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रीको चर्चामा रहेका प्रभात तामाङ लाई भने बानियाँले आज मन्त्रीमा नियुक्त गरेनन् । नियुक्त भएका सबै जनाको सपथ ग्रहण भएको छ ।