दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

तु खबर संवाददाता
२०८२ श्रावण १९, सोमबार २०:३८
file-photo

काठमाडौं । उच्च अदालत पाटनले आन्दोलनकारी दुर्गा प्रसाईलाई २८ लाख रुपैयाँ धरौटीमा तत्हाल रिहा गर्न आदेश दिएको छ । तीनकुने घटनामा सरकारले मुख्य दोषीको रुपमा किटान गर्दै मुद्दा चलाएकोमा उच्च अदालत पाटनले रिहा गर्न आदेश दिएको हो ।
राजावादी आन्दोलनको क्रममा भएको क्षतिमा तीन लाख रुपैयाँ र बैंकिङ कसुर सम्बन्धी मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा प्रसाईलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको हो ।

उच्च अदालत पाटनले उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भएपनि क्यान्सर रोगबाट पीडित रहेको विषयलाई समेत मध्यनजर गर्दै धरौटीमा छाड्ने आदेश दिएको हो ।

उच्च अदालत, पाटनले आजै (सोमबार) उनलाई १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा समेत उनलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

प्रसाई २८ लाख रुपैयाँ धेरौटी बुझाएर रिहा हुनेछन् ।