अब ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने

काठमाडौं । अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ ।
नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान केवाईसीलाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको छ ।