रूसमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

तु खबर संवाददाता
२०८२ श्रावण १४, बुधबार ११:१९

काठमाडौं । रूसको पूर्वी तटीय क्षेत्रमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै प्रायद्वीपका धेरै क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।

रूसको सुदूरपूर्वमा पर्ने क्यामचाट्का प्रायद्वीपमा भूकम्प गएको हो। यस क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको बताइएको छ।

आगामी तीन घण्टामा रूस र जापानका तटहरूमा सुनामीका लहरहरू पुग्न सक्ने भन्दै अमेरिकाले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरेको छ।

तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन पनि सूचना जारी गरिएको छ।