विमानस्थल अध्यागमन प्रमुखसमेत ४५ जना नयाँ अधिकृत

काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रमुख सहित ४५ जना नयाँ अधिकृतहरु खटाएको छ ।
हालैमात्र लोक सेवा पास गरेका नयाँ अधिकृतहरुलाई अध्यागमन कार्यालयमा खटाइएको गृह मन्त्रालयले जनाएको छ । सोमबारदेखि सहसचिव नहहरि घिमिरेको नेतृत्वमा नयाँ अधिकृतहरुलाई खटाइएको हो ।
नयाँ अधिकृतहरुलाई ३ दिन तालिम दिइएको छ र उनीहरुलाई अध्यागमनमा खटाइएको छ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको रुपमा कार्य अनुभव भएका घिमिरेलाई अध्यागमन पठाइएको हो ।
विदेश जाने व्यक्तिहरुसँग आर्थिक लाभ लिएर काम गरेको आरोपमा यस अघिका अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका प्रमुखलाई मन्त्रालय तानिएको थियो ।