कवि आर.आर. चौलागाईँको ‘नेपाल घुम्न जाऔँ’ गीत : लघु विश्लेषण

सञ्जय साह मित्र
२०८२ असार ३२, बुधबार १९:२७

१. विषय प्रवेश
मकवानपुरे माटोमा फक्रेका विशिष्ट साहित्यकार हुन् आर.आर. चौलागाईँ । सरल भाषामा गहन काव्यसिर्जना गर्ने चौलागाईँ नेपाली साहित्यका हुन् स्थापित सर्जक । सम्भवतः चार दशकदेखि साहित्यको विभिन्न विधालाई सिंचित गरिरहेका चौलागाईँको मुख्य विधा हो काव्य । काव्यका कविता र गीतमा अझ बढी खुलेका छन् यिनी । गीतका केही कृति पनि प्रकाशित छन् यिनका । समथर जमिनमा बग्ने खोलाको जस्तो निश्चित प्रवाहमा बहने यिनका गीतहरू सरलताले सज्जिएका हुन्छन् भने भरिएका हुन्छन् चेतना र आह्वानले ।

२. सन्दर्भ
सहिद स्मारक विकास समिति हेटौँडा, मकवानपुरले २०७६ मा प्रकाशन गरेको ‘सहिद स्मारक दर्पण’मा चौलागाईँको एउटा गीत प्रकाशित भएको छ – ‘नेपाल घुम्न जाऔँ’ शीर्षकमा । उक्त गीतबारे यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

३. गीतको विश्लेषण
३.१. गीतको संरचना
प्राविधिक साहित्यिक विधा हो गीत । हुन्छन् यसमा निश्चित अन्तराहरू । गीतको लय मिलाउनका लागि गर्नुपर्छ सोही मबोजिम शब्दको चयन पनि । प्रस्तुत गीतको मुखडा छ दुई पङ्क्तिको । ‘घुम्न जाऔँ’ लचकता लागि भएको छ चार पटक पुनरावृत्त । चार अन्तरा (अनुच्छेद)मा रचित छ यो गीत । हरेक अन्तराको अन्त्यमा आएको छ – ‘तराई हेर्न जाऔँ साथी नेपाल हेर्न जाऔँ’ ।
३.२. गीतको विषयवस्तु
देशको हरेक ठाउँलाई मानिएको छ राम्रो । फेवाताल, रारातल, लुम्बिनी, पाँचखाल राम्रा रहेको बताइएको छ यसमा । अनि इलाम र ठमेल हेर्न जानको लागि गरिएको छ आह्वान ।
पशुपति, स्वयम्भू, छिन्नमस्ता, पाथीभरा हुन् हाम्रै । देशको कुना कुनालाई हाम्रै मानिएको छ गीतमा । अनि आह्वान गरिएको छ – हेटौँडा र चितवन हेर्न जानका निम्ति ।
पुगौँ चन्द्रागिरी, मनकामना, मुस्ताङ अनि प्युठान । हरेक भौगोलिक तथा प्राकृतिक र पर्यटकीय स्थल पुग्नुपर्ने बताइएको छ यहाँ । धरान र प्युठान हेर्न जानका लागि गरिएको छ आह्वान ।
अन्तिम अन्तरामा भनिएको छ – कोही मेची, महाकाली, खप्तड तथा घुमौँ जनकपुर । मेचीदेखि महाकालीसम्मका विभिन्न पर्यटकीय तथा प्राकृतिक र धार्मिक ठाउँहरुको गरौँ भ्रमण भनी गरिएको छ आग्रह । अनि, आह्वान गरिएको छ गढी र माडी हेर्न जानका लागि ।
३.३. गीतको भाव पक्ष
मानिन्छ गीतलाई कोमल विधा । यस गीलले अंगीकार गरेको गीति गुण र धर्मलाई । देश दर्शन मुख्य भाव हो यस गीतको । देशको दर्शन गर्नुपर्छ भनी आह्वान गर्दछन् गीतकार । आफैँमा देश दर्शनीय रहेको र घुम्नुपर्ने, पुग्नुपर्ने तथा जानुपर्ने चाहना हो गीतकारको । यसले वर्णन गरेको देशको भौगोलिक, प्राकृतिक र धार्मिक सुन्दरतालाई ।
भौगोलिक तथा प्राकृतिक दृष्टिकोणले देखिएको छ यसमा नेपालको विविधता । यसले वर्णन गरेको नेपालको महत्वलाई । बढावा दिन खोजेको आन्तरिक पर्यटनलाई । जानकारी गराएको देशको विभिन्न ठाउँलाई । चासो र उत्सुकतालाई थपेको छ पर्यटनमा । पुगौँ, हेरौँ तथा घुमौँ भन्ने भाव पाठकमा उमार्न सफल छ गीत । निसन्देह हो यो देशभक्ति गीत । दिएको छ यसले देशको एकतामा जोड ।
४. निष्कर्ष
गीतकार आर.आर. चौलागाईँ हुन् आफैँमा एक सिद्धहस्त गीतकार । गीतको गुण र धर्मलाई निर्वाह गर्दै देश दर्शनको उत्साहलाई बढाउन गीतकार सफल छन् यसमा । गीतकारको हो यो कालजयी रचना । कहिल्यै पुरानो हुन्न यसको भाव र दर्शन । सरल शब्दावलीमा सर्वग्राह्य शैलीमा र निश्चित प्रवाहमा सिर्जना गरिएको प्रस्तुत गीतले गीतकारको देशप्रतिको भावनालाई उजागर गर्दै भ्रमण वर्षको सार्थकतालाई पनि सहयोग गरेको परोक्ष रुपमा । चर्चित साहित्यकार चौलागाईँको गीतिरचनाको क्षेत्रमा एक उचाई पुगिसकेको पनि प्रमाणित गरेको छ यस गीतले ।
(साहित्यमा मकवानपुरको महक : शृङ्खला ३३)