राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०८२ असार ३०, सोमबार १५:५७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको हो ।

आर्थिक वर्ष २०८२।८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।