काठमाडौं महानगरपालिकाले २५ अर्बबढीको बजेट ल्याउँदै

तु खबर संवाददाता
२०८२ असार २९, आईतवार ०९:४२

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज २५अर्ब ११ करोडको बजेट ल्याउँदैछ । दिउँसो २ बजे बस्ने नगरसभाले नीति कार्यक्रम तथा बजेट ल्याउने छ ।

नगर प्रमुख बालेन शाहले शुक्रबार बसेको कार्यपालिका बैठकमा आज बजेट ल्याउने निर्णय गरेका थिए । राजस्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोडको बजेट ल्याउने निर्णय गरेको थियो ।

यसअघि महिनौँदेखि कार्यालय नगएका प्रमुख बालेन शाह बजेटको सन्दर्भमा कार्यपालिका राख्न तयार भएका थिए । प्रमुख प्रशासकीय अधिकृतसँगको लफडाका कारण उनी महानगर आउनै छोडेका थिए ।