आज बस्दैछ माओवादी केन्द्रको पदाधिकारी बैठक, एमालेको जनसंगठन भेला

तु खबर संवाददाता
२०८२ असार २६, बिहीबार ०९:४३

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । पदाधिकारी बैठक आज दिृउँसो बस्ने गरी बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

बैठकमा सरकारको काम, संसदमा दलको भूमिका, बाढी पहिरोले गरेको क्षति, राहत र पर्नुस्थापनामा केन्द्रीत हुनेछ ।

पछिल्लो समय विकसित देशको घटनाक्रमबारे पनि समीक्षा हुने माओवादी केन्द्रले जनाएको छ । पछल्लो समयमा नेपालको राजनीतिमा घटनाक्रमहरु परिवर्तन भएका छन्, सरकार परिवर्तनको हल्ला सतहमा छ, यी सबै घटनाक्रमबारे समीक्षा हुनेछ ।

यस्तै नेकपा एमालेको जनसंगठनको भेला पनि बोलाइएको छ । आगामी भदौको अन्तिम हप्ता हुने विधान महाधिवेशनलाई केन्द्रीत गरेर जनसंगठनको भेला बोलाइएको हो ।

भेलामा सबै २३ वटै जनसङ्गठनका इन्चार्ज र अध्यक्ष सहित सबै पदाधिकारीहरू सहभागी हुनेछन् । भेलामा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ ।