सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त

तु खबर संवाददाता
२०८२ असार १९, बिहीबार १७:४२

काठमाडौं । नेपाली सेनाको जंगीअड्डाले सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई बर्खास्त गरेको छ ।

सैनिक अनुशासन र आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी खड्का र सेनानी कार्कीलाई सैनिक मुख्यालयले भविश्यमा सरकारी सेवामा अयोग्य नहुने गरी बर्खास्त गरेको हो ।

सैनिक कल्याणकारी कोषको २ करोडभन्दा बढी रकम हिनामिना भएको बारे ओर्ट अफ इन्वाइरीपछि यस्तो आदेश भएको हो । उनीहरुबाट सो रकम भराउने आदेश समेत भएको छ ।