जगदम्बा स्टिलमा विस्फोट हुँदा एक जना घाइते
बारा। जितपुरसिमरा उपमहानगरपालिका सिमरामा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा गए राति विस्फोट भएको छ । बिस्फोटमा परी घाइते हुनेमा भारत विहारको सीतामडी बस्ने ३५ वर्षीय अजय बैठा रहेका छन् । अनुसार अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ
राति करिब ९ः१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएपछि सो घटनामा परी एक जना घाइते भएका ट्रेस युनियन जगदम्बा स्टिलका सचिव दीपक कार्कीले जानकारी दिए ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको र त्यसपछि मात्रै थप विवरणहरु दिन सकिने बताएको छ ।



