प्रधानमन्त्री ओली र महासचिव गुटेरेसबीच भेटवार्ता

तु खबर संवाददाता
२०८२ असार १७, मंगलवार ०७:४४

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच सोमबार भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको आयोजनमा स्पेनमा जारी विकासका लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल अहिले स्पेनमा रहेको छ । सो क्रममा ओलीले महासचिव गुटेरेसबीच भेटवार्ता भएको हो ।

यसअघि प्रधानमन्त्री ओली र पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनोग्रोसँग पनि भेटवार्ता भएको थियो । त्यस्तै ओली र एजिप्टका प्रधानमन्त्री कमाल माडबुलीबीच पनि भेटघाट भएको छ ।