एसईई प्रदेशबाट सञ्चालन गर्ने गरी शिक्षा समितिमा प्रस्ताव पारित

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० प्रदेश तहबाट सञ्चालन गर्ने गरी संसद्को शिक्षा समितिबाट प्रस्ताव पारित भएको छ।
एसईई हटाउन नहुने भन्दै शिक्षा मन्त्रालयले प्रस्ताव पेस गरेको थियो। त्यसमा समिति सदस्यहरूले आआफ्नो धारणा राखेका थिए । उनीहरूको धारणापछि एसईई प्रदेशबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव पारित गरेको हो।
कक्षा १० अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा प्रदेशस्तरबाट सञ्चालन गर्न दिनेगरी प्रस्ताव समिति सभापति अम्मरबहादुर थापाले गरेका थिए। त्यसमा समितिका अधिकांश सदस्यहरूले पारित गरेका हुन।