प्रधानमन्त्रीको स्पेन भ्रमण : यस्ता छन् कार्यतालिका

तु खबर संवाददाता
२०८२ असार १४, शनिबार १४:३६
तस्बिर : प्रतिनिधिसभा, नेपाल

काठमाडौं । प्रधाननमन्त्री केपी शर्मा ओली आज स्पेन जादैछन् । संयुक्त राष्ट्रसंघको आयोजनामा विकासका लागि वित्त सम्मेलनमा भाग लिन नेपाली भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।

सो सम्बन्धमा जानकारी दिन आज प्रधानमन्त्री ओलीले नेपालको प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । ओलीले सम्बोधनका क्रममा स्पेन भ्रमणका सम्बन्धमा सदनलाई जानकारी गराएका छन् ।

एक दशकमा आयोजना हुने यो सम्मेलन स्पेनको सेभिया सहरमा आयोजना हुँदैछ । यो कार्यक्रममा सदस्य राष्ट्रका सदस्य तथा राष्ट्र प्रमुखको सहभागिता हुने गर्दछ । नेपालबाट २१ जनाको टोली त्यसतर्फ जाँदैछन् । स्पेनमा रहेका प्रधानमन्त्रीको टोलीमा थप व्यक्तिहरु सहभागी हुनेछन्, सो समेत २९ जना सहभागी हुनेछन् ।

असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेन प्रस्थान गर्नेछन् भने असार १५ दिउँसो करि ४ बजे सोभिया पुग्नेछन् । त्यहाँ नागरिक समाजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् भने साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पेद्रो साञ्चेजसँग प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस लगत्तै, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रीभोजमा प्रधानमन्त्री ओलीसहित प्रतिनिधिमण्डलले सहभागिता जनाउने छन् ।

असार १६ गते बिहान उद्घाटन सत्रमा सहभागिता हुने छ भने अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा ओलीको सम्बोधन हुनेछ । कार्यक्रमका दौरान ओलीले मित्र राष्ट्र स्तोनियाका राष्ट्रपति अलार कारिससँग भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा प्रधानमन्त्री सहभागी हुने छन् ।

त्यस क्रममा इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीसित भेटघाट गर्नेछन् भने संयुक्त राष्ट्रसंघका महासचिव महासचिव एन्टोनियो गुटरेससँग समेत भेटघाट गर्ने तय भएको छ । पधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता गर्ने कार्यक्रम तय भएको छ ।

सो कार्यक्रममा प्रधानमन्त्रीले उद्घटनसहित मन्तब्य राख्नेछन् ।

त्यसैगरी, स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने ‘वैश्विक ऐक्यवद्धतामा लगानीस् विकास सहयोगको नयाँ दृष्टिकोण’ शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् ।

नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजकको संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था  उच्चस्तरीय साइड–इभेन्टलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीले स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटवल क्लबका अधिकारीहरुसँगको भेटघाट गर्ने तय भएको छ भने सान्टियागो वर्नावाउ रंगशालाको समेत अवलोकन गर्नेछन् ।

स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट गरी प्रधानमन्त्री ओली नेपाल फर्किनेछन् ।