प्रधानमन्त्री ओली आज स्पेन प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आज स्पेन जाने भएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको निमन्त्रणामा प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।
संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरु, वित्तीय र व्यापारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु कार्यक्रममा सहभागी हुने छन् । नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन् भने विश्वका अन्य मुलुकका नेताहरूसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमण दलमा २९ जना सहभागी हुनेछन् । प्रधानमन्त्री ओली २० गते शुक्रबार नेपाल फर्किने छन् ।