भोलि सबै सांसद सदनमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले असार १० (भोलि) गते आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनेको छ ।
नेपाल सरकारको तर्फबाट गत जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयक (बजेट) सार्वजनिक गरेका थिए ।
उक्त विनियोजन विधेयकमाथिको छलफल तथा मन्त्रालयगत शीर्षकमाथिको छलफलपछि भोलि मंगलबार उक्त विधेयक संसदमा पास फेलका लागि पेश गरिँदैछ ।
सोही विधेयकको पक्षमा मत जाहेर गर्न नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको हो ।