लामिछानेविरूद्ध ५ करोड दावीसहित पर्सा जिल्ला अदालतमा मुद्दा

काठमाडौँ । बीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा रवी लामिछानेविरुद्ध ५ करोडको माग दावी लिई मुद्धा दर्ता गरिएको छ । पर्सा जिल्ला अदालतमा लामिछानेसहित २९ जना विरुद्ध मुद्धा दर्ता भएको हो ।
पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेको विरुद्ध मुद्धाको अनुसन्धान गरी १ महिना अघि जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको आधारमा आज अदालतमा मुद्धा दर्ता गरिएको हो ।
लामिछानेका विरुद्ध यसअघि पनि सहकारीका रकम अपचलन गरेको अभियोगमा विभिन्न अदालतहरुमा मुद्धा दर्ता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक पूर्वाग्रहको आधारमा आफ्नो सभापति विरुद्ध मुद्धा दर्ता गरिएको बताउँदै आएको छ । यद्यपी अदालतको फैसला/आदेशलाई आफूहरुले सम्मान गर्ने रास्वपाको धारणा छ ।