यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रुपैयाँ र बिक्रीदर १३७.३१ रुपैयाँ कायम भएको छ।
त्यस्तै युरोपियन युरो एकको खरीददर १५५.७८ रुपैयाँ र बिक्रीदर १५६.४६ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८४.९० रुपैयाँ र बिक्रीदर १८५.७१ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६६.३८ रुपैयाँ र बिक्रीदर १६७.११ रुपैयाँ रहेको छ।
अष्ट्रेलियन डलर एकको खरीददर ८८.७६ रुपैयाँ र बिक्रीदर ८९.१५ रुपैयाँ, क्यानेडियन डलर एकको खरीददर ९९.८४ रुपैयाँ र बिक्रीदर १००.२८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरीददर १०६.०२ रुपैयाँ र बिक्रीदर १०६.४९ रुपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरीददर ९.४४ रुपैयाँ र बिक्रीदर ९.४८ रुपैयाँ, चिनियाँ युआन एकको खरीददर १९.०२ रुपैयाँ र बिक्रीदर १९.१० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, कतारी रियाल एकको खरीददर ३७.५२ रुपैयाँ र बिक्रीदर ३७.६८ रुपैयाँ कायम गरिएको छ।
थाइ भाट एकको खरीददर ४.१७ रुपैयाँ र बिक्रीदर ४.१९ रुपैयाँ, युएई दिराम एकको खरीददर ३७.२२ रुपैयाँ र बिक्रीदर ३७.३८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरीददर ३२.३४ रुपैयाँ र बिक्रीदर ३२.४८ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०५ रुपैयाँ र बिक्रीदर १०.०९ रुपैयाँ निर्धारण गरिएको छ।
त्यसैगरी स्विडिस क्रोनर एकको खरीददर १४.१७ रुपैयाँ र बिक्रीदर १४.२४ रुपैयाँ, डेनिस क्रोनर एकको खरीददर २०.८९ रुपैयाँ र बिक्रीदर २०.९८ रुपैयाँ, हङकङ डलर एकको खरीददर १७.४२ रुपैयाँ र बिक्रीदर १७.५० रुपैयाँ रहेको छ।
कुवेती दिनार एकको खरीददर ४४५.४५ रुपैयाँ र बिक्रीदर ४४७.४१ रुपैयाँ, बहराइन दिनार एकको खरीददर ३६२.६३ रुपैयाँ र बिक्रीदर ३६४.२२ रुपैयाँ, ओमानी रियाल एकको खरीददर ३५५.०७ रुपैयाँ र बिक्रीदर ३५६.६३ रुपैयाँ कायम गरिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाएको छ।
