हेटौंडामा बजाज एक्सचेन्ज मेला शुभारम्भ

तु खबर संवाददाता
२०८२ जेष्ठ २५, आईतवार १४:४९

हेटौंडा । हेटौंडामा बजाज एक्सचेन्ज मेलाको शुभारम्भ गरिएको छ । बजाज बाइक खरिद गर्दा नगद पुरस्कार प्राप्त हुने व्यवस्था रहेको छ । शुन्य प्रतिसत फाइनान्समा पनि बाइक खरिद गर्न सकिने बजाज स्वरुम हेटौंडाले जानकारी दिएको छ ।

आज शुभारम्भ भएको मेला ३० गतेसम्म संचालनमा रहने आयोजकले जानकारी दिएको छ । स्थानीय विक्रता होराइजन अटो प्रा.लिका अनुसार, बजाज बाइक प्रयोगकर्तालाई लाभ हुने गरी आकर्षक व्यवस्थाहरु पनि गरिएको छ ।

अहिलेसम्म कै ठूलो अफरको रुपमा मेलामा प्रयोगकर्ताका लागि विभिन्न सुविधाहरु रहेका छन् । बाइक खरिदमा तत्काल फाइनान्सको व्यवस्था, आकर्षक नगर छुट, दश हजारसम्म अतिरिक्त मुल्याकंन र निशुल्क परामर्श मेलामा उपलब्ध रहेको होराइजन अटोले जानकारी दिएको छ ।