यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

तु खबर संवाददाता
२०८२ जेष्ठ २५, आईतवार ०८:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६.७१ रूपैयाँ र बिक्रीदर १३७.३१ रूपैयाँ कायम भएको छ।

त्यस्तै युरोपियन युरो एकको खरीददर १५६.१३ रूपैयाँ र बिक्रीदर १५६.८१ रूपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरीददर १८५.१४ रूपैयाँ र बिक्रीदर १८५.९५ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरीददर १६६.४२ रूपैयाँ र बिक्रीदर १६७.१५ रूपैयाँ रहेको छ।

अष्ट्रेलियन डलर एकको खरीददर ८८.७८ रूपैयाँ र बिक्रीदर ८९.१७ रूपैयाँ, क्यानेडियन डलर एकको खरीददर ९९.९० रूपैयाँ र बिक्रीदर १००.३४ रूपैयाँ, सिङ्गापुर डलर एकको खरीददर १०६.३१ रूपैयाँ र बिक्रीदर १०६.७७ रूपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरीददर ९.४८ रूपैयाँ र बिक्रीदर ९.५२ रूपैयाँ, चिनियाँ युआन एकको खरीददर १९.०३ रूपैयाँ र बिक्रीदर १९.१२ रूपैयाँ, साउदी अरेबियन रियाल एकको खरीददर ३६.४५ रूपैयाँ र बिक्रीदर ३६.६१ रूपैयाँ, कतारी रियाल एकको खरीददर ३७.५१ रूपैयाँ र बिक्रीदर ३७.६७ रूपैयाँ कायम गरिएको छ।

थाइ भाट एकको खरीददर ४.१९ रूपैयाँ र बिक्रीदर ४.२१ रूपैयाँ, युएई दिराम एकको खरीददर ३७.२२ रूपैयाँ र बिक्रीदर ३७.३८ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरीददर ३२.३२ रूपैयाँ र बिक्रीदर ३२.४६ रूपैयाँ, दक्षिण कोरियन वन १०० को खरीददर १०.०७ रूपैयाँ र बिक्रीदर १०.११ रूपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी स्विडिस क्रोनर एकको खरीददर १४.२५ रूपैयाँ र बिक्रीदर १४.३१ रूपैयाँ, डेनिस क्रोनर एकको खरीददर २०.९३ रूपैयाँ र बिक्रीदर २१.०२ रूपैयाँ, हङकङ डलर एकको खरीददर १७.४२ रूपैयाँ र बिक्रीदर १७.५० रूपैयाँ रहेको छ।

कुवेती दिनार एकको खरीददर ४४६.०७ रूपैयाँ र बिक्रीदर ४४८.०३ रूपैयाँ, बहराइन दिनार एकको खरीददर ३६२.६४ रूपैयाँ र बिक्रीदर ३६४.२३ रूपैयाँ, ओमानी रियाल एकको खरीददर ३५५.०९ रूपैयाँ र बिक्रीदर ३५६.६४ रूपैयाँ कायम गरिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाएको छ।